काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था थप बिग्रिएको छ।
घाँटीको क्यान्सरले सताइएका गिरीलाई निमोनिया समेत भएपछि मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । भारतमा क्यान्सरको उपचार गरेर फर्किएपछि साउनको पहिलो सातादेखि निमोनिया भएको थियो ।
निमोनियाँको उपचारको लागि उनलाई अस्पताल भर्ना गरिपनि स्वास्थ्यमा सुधार आउन नसकेको बताइएको छ । नेता गिरीको यसअघि भारतको दिल्ली र मुम्बईमा समेत क्यान्सरको उपचार गरिएको थियो ।
रोगसँग लड्ने क्षमता घट्न नदिन उनलाई मेडिसिटी भर्ना गरिपनि उनको स्वास्थ्यमा अपेक्षित सुधार आउन नसकेको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ।
शुक्रबार बिहानैदेखि नेता गिरीको स्वास्थ्यलाई लिएर कांग्रेस नेता तथा शुभेच्छुकहरूले कामना गरिरहेका छन् ।