काठमाडौं ।पछिल्लो २४ घन्टामा नेपालमा थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३३७ जनाको नमुनाको परीक्षण हुँदा २९९ संक्रमित थपिएका हुन् । त्यस्तै सोही अवधिमा ५७७ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ६२५ रहेको छ ।