काठमाडौं । विहीबार विहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टरमाथि त्यहिका एक जना कर्मचारीले निर्मम प्रहार गरेको घटनाको छानविनका लागि समिती गठन भएको छ ।
प्राप्त गरेको सीसी टिभि फुटेजमा डाक्टरलाई पहिले मुक्का हानेर लडाएको र त्यसपछि मुखमा लात्तीले हानेको प्रष्ट देखिएको थियो ।
अस्पतालको इमरजेन्सी विभागमा कार्यरत डा करण साहमाथि त्यहि अस्पतालकै प्रशासन तर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् । कुटपिटबाट डा साहको टाउको तथा पेटमा चोट लागेको थियो ।
घटनाको सत्यतथ्य ३० तीनभित्र पत्ता लगाई दोषी उपर कार्वाहीका लागि छानविन समिती गठन गरिएको हो । गत बिहीबार विहान ९ः१२ मा प्रतिष्ठानका कर्मचारी शाहीले चिकित्सक डा. करण साहमाथि कुटपिट गरेका थिए ।