काठमाडौ । नेपालबाट बेलायत नर्स पठाउनका लागि सम्झौता पत्रमा भोली हस्ताक्षर हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अहिले नै कति नर्स पठाउने भन्नेबारे यकिन भइनसकेको बताएको छ ।
नेपालमा प्राविधिक क्षेत्रमा बढ्दो बेरोजगारीको समस्या समाधानका लागि सरकारले समाधानका विभिन्न उपायहरु अपनाएको छ ।
नेपालले रोजगार सम्झौताको अवधि पाँच वर्षको हुने प्रस्ताव गरेको छ। रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु नपर्ने बताइएको थियो। साथै उक्त छलफलमा नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजान आफू तयार भएको बेलायतले जनाएको थियो।