काठमाडौं । सन राइज बैंकका बचतकर्ताहरुले काठमाडौंको बाफलमा रहेको यति अस्पतालले उपलब्ध गराउने स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन् ।
दुवै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै सो अस्पतालले प्रदान गर्ने स्वास्थ्य उपचारसम्बन्धी सेवामा बैंकका ग्राहकले छुट पाउने भएका हुन्।सम्झौता पत्रमा हस्ताक्षर बैंकको तर्फबाट मनोज घिमिरेले गरेका थिए भने अस्पतालको तर्फमा सिइओ बिशाल गिरीले हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार सो अस्पतालबाट पाउने सेवामा १५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको अस्पतालका सिइओ डा. विशाल गिरीले बताए । बैंकका कर्मचारीहरुलाई मेडिसिन र ओटिमा १० प्रतिशत, आईपिडीमा १५,फिजिओथेरापीमा १२,ल्याब सेवा २०,प्रोसिडियोरमा १० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । त्यस्तै ग्राहकहरुमा मेडिसिन तथा ओठिमा ७ प्रतिशत,प्रोसिडियोरमा १०,ल्याबमा १५,फिजिओथेरापी तथा आईपिडीमा १०प्रतिशत छुटको व्यवस्था रहेको अस्पतालले जनाएको छ ।
बैंकका ग्राहकले कुनै पनि भुक्तानी डेबिटरक्रेडिट कार्डबाट भुक्तानी गर्दो १० प्रतिशत र कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने छन् ।
