काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपालको कोभिड खोप अभियानका लागि ८० लाख सिरिन्ज (सुई) सहयोग गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत (डव्लुएचओ)ले नेपाललाई उक्त सुई प्रदान गरेको हो ।
डब्लुएचओले गत बिहीबार उक्त परिमाणको सिरिन्ज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत रहेको स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरेको हो।
डब्लुएचओ नेपाल प्रतिनिधि डा राजेश सम्भाजी राव पाण्डव नेतृत्वको टोलीले विहीबार स्वास्थ्य सेवा विभाग पुगेर सिरिन्ज हस्तान्तरण गरेको हो।
विभागले उक्त सिरिन्ज कोभिडविरुद्धको खोप अभियानका लागि देशभर पठाउने बताएको छ।