काठमाडौं । धरानकी अपाङ्ग किशोरी बलात्कार गर्ने व्यक्ति आफ्नो कर्मचारी नभएको बिपी प्रतिष्ठानले जनाएको छ । भाद्र ४ गते एक अनलाईन सञ्चारमाध्यममा प्रतिष्ठानको कर्मचारीले अपाङ्ग किशोरी बलात्कार बलात्कार गरेको भन्दै समाचार प्रकाशन गरेको थियो।
उक्त समाचारको जवाफ दिदैं प्रतिष्ठानले विज्ञप्ती निकाल्दै उक्त व्यक्ति आफ्नो कर्मचारी नभएको बताएको हो। प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै ‘धरानकी अपाङ्ग किशोरी गर्भवती, वीपी प्र्रतिष्ठानका स्वास्थ्य बीमा हाकिम वीरेन्द्र पक्राउ’ शिर्षकको समाचारमा उल्लेख गरिएको वीरेन्द्र बहादुर शंकर भन्ने व्यक्ति आफ्नो कर्मचारी नभएको प्रष्ट्याएको हो।
प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलद्वारा जारी विज्ञप्तिमा प्रतिष्ठानको नाम जोडि प्रकाशित समाचारको खण्डन गरिएको छ।