काठमाडौं । नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबीच आज द्धिपक्षीय श्रम सम्झौता भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रमकाबीच द्धिपक्षीय श्रम सम्झौता भएको हो ।
सम्झौतामा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् ।
पहिलो चरणमा २०० जनासम्म नर्स लैजानका लागि सम्झौता भएको हो । नेपालले बेलायत जाने नर्स लगायत स्वास्थ्य क्षेत्रका कामदारको अवधि (भिसा) ५ वर्षको हुनुपर्ने प्रस्ताव गरेको छ।