काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ६५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४३ जनाको नमुनाको परीक्षण हुँदा ६५८ संक्रमित थपिएका हुन् । त्यस्तै सोही अवधिमा ४५६ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २९६ रहेको छ ।