धरान । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गरेका छन् । शनिबार प्रतिष्ठान आइपुगेका मन्त्री खापुङले प्रतिष्ठानको निरीक्षण गर्दै स्वास्थ्य सेवा विस्तार गर्न, नयाँ सेवाहरु थप गर्न मन्त्रालय सकारात्मक रहेको बताए ।
शनिबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक डा. जगत नारायण, रजिष्ट्रार डा. सुर्य प्रसाद संग्रौला तथा शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल लगायत फ्याकल्टीहरुसँग भेटघाट गर्दै प्रतिष्ठानको विविध विषयमा छलफल तथा अन्तरक्रिया पनि गरेका थिए ।
निरीक्षणको क्रममा मन्त्री खापुङले प्रतिष्ठानको निर्माणाधिन मातृशिशु भवन तथा अंकोलोजी, कार्डियोलोजी भवन निर्माण स्थलमा गई त्यहाँको वस्तुस्थिती बारे जानकारी लिएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जनाएका छन् ।