एजेन्सी । अमेरिकाको रोग नियन्त्रक तथा रोकथाम केन्द्रले कोरोनाविरुद्धको नोभाभ्याक्स खोपलाई प्रयोगका लागि अनुमति दिएको छ। केन्द्रका अनुसार यो खोप १२ देखि १८ वर्ष मुनिका किशोर किशोरीलाई लगाउन सकिने छ।
अमेरिकाको खाद्य तथा औषधि व्यवस्थापनले गत साता नोभाभ्याक्स खोपलाई १२ देखि १८ वर्ष मुनिका किशोरकिशोरीलाई लगाउन सकिने भनेर सिफारिस गरेको थियो।
प्रोटिनमा आधारित यस भ्याक्सिनलाई अमेरिकामा वयस्कहरूमा लगाउन सकिने भन्दै गत जुलाई महिनामै आपतकालीन प्रयोगका लागि अनुमति दिइएको थियो । योसँगै १२ देखि १८ वर्ष मुनिका किशोरकिशारीका लागि तेस्रो खोप नोभाभ्याक्स बनेको छ । यसअघि मोडर्ना र फाइजर खोप सो उमेर समूहका लागि प्रयोगमा थियो।