काठमाडौँ । विराट मेडिकल कलेजमा बीएस्सी र ब्याचलर अफ फिजोयोथेरापीमा सिट खाली रहेको छ । एकीकृत परीक्षा उतीर्ण भएका तर भर्ना नलिएका बिद्यार्थीहरुका लागि सिट खाली रहेको कलेजले जनाएको छ । शैक्षिक सत्र०७८/७९ का लागि सिट खाली रहेको हो ।
चिकित्सा शिक्षा आयोगद्वारा भएको म्याचिङ प्रणालीको पहिलो चरण पश्चात् केही सिट खाली रहेको हुँदा आयोगको एकीकृत परीक्षा उतीर्ण भएर भर्ना नलिएका तर इच्छुक बिद्यार्थीहरुलाई -यापअप प्रक्रियाद्वारा सिट सुनिश्चित गर्नका लागि कलेजले अनुरोध गरेको छ ।
.jpg)