काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९४९ जनाको नमुनाको परीक्षण हुँदा ६३४ संक्रमित थपिएका हुन् । त्यस्तै सोही अवधिमा ४१७ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २२१ रहेको छ।