काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा केही समस्या देखिएपछि हिजो (मंगलबार) हेम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना देखिएको हो ।सिटौला अहिले निवासमै आइसोलेसनमा बसेका छन् ।सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।