काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ४८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा एक कोरोना संक्रमितको ज्यान गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको नमुनाको परीक्षण हुँदा ४८७ संक्रमित थपिएका हुन् । त्यस्तै सोही अवधिमा १६४जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २९८ रहेको छ।