काठमाडौं । नेपाल क्यान्सर अस्पतालले ३२ औं क्यान्सर सरभाईबर मिट सम्पन्न गरेको छ ।
नेपाल क्यान्सर सपोर्ट ग्रुपले गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी डली गुरुङ हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै गुरुङले क्यान्सर बिरामी लाई एक अर्कोको सहयोग आवस्यक पर्ने र सो सहयोग पैसा को मात्र नभई माया,साथ र हेरचाह पनि रहेको बताईन् ।

कार्यक्रममा स्वागत मन्तव्य अस्पतालकी सञ्चालक सदस्य स्वरुपा श्रेष्ठले राखेकी थिईन् ।
क्यान्सर बिरामी लाई प्रोत्साहन र बलियो आत्मबल बनाउनका लागि परामर्श तालिम दिएको सञ्चालक सदस्य श्रेष्ठले बताईन् ।

उक्त कार्यक्रममा डा मुरारी मान श्रेष्ठ र डा सचिन शाक्यले क्यान्सर सरभाईबरहरु लाई परामर्श तालिम दिएका थिए ।
नेपाल क्यान्सर अस्पतालले बेला बेलाबखतमा समाजमा जनचेतना बढाउनका लागि विभिन्न खालका क्यान्सर सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।


