काठमाडौं । काठमाडौंको त्रिभुवन शिक्षण अस्पतालले करारमा कर्मचारी माग गरेको छ ।अस्पतालले विज्ञापन निकाल्दै कर्मचारी माग गरिएको जनाएको हो ।
नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त एमबीबीएस उतीर्ण गरेका डाक्टरले आवेदन दिन सक्ने अस्पतालले जनाएको छ । आवेदन दिनका लागि अन्तिम दिन भदौ १६ गते तोकिएको छ।