काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन्। उनको स्वास्थ्यमा समस्या देखिएकाले वीर अस्पतालमा उपचार सुरु भएको छ ।
वीर अस्पतालमा चिकित्सकहरुले प्रारम्भिक उपचार सुरु गरेको अस्पतालले जनएको छ । अस्पातलका अनुसार 'रिपोर्ट आउन बाँकी छ, अवस्था भने सामान्य छ ।
रिंगटा लाग्ने र बान्ता हुने समस्या भएपछि सचिवालयको टोलीले दिउसो साढे २ बजे वीर अस्पतालमा पु¥याएको हो। मन्त्री खापुङलाई यसअघि पनि बान्ता हुने र रिंगटा लाग्ने समस्या देखिएको थियो ।