काठमाडौं ।पछिल्लो २४ घन्टामा नेपालमा थप ३२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा सो अवधिमा एक कोरोना संक्रमितको ज्यान गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५जनाको नमुनाको परीक्षण हुँदा ३२४ संक्रमित थपिएका हुन् । त्यस्तै सोही अवधिमा ४१८ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ रहेको छ ।