रोल्पा । रोल्पाको एक सामुदायिक विद्यालयमा तीन बेडको हेल्थ डेस्क स्थापना गरिएको छ ।
रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले तीन बेड सुविधासहितको हेल्थ डेस्क स्थापना गरेको हो ।हेल्थ डेस्कमा २ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । विद्यालयले आफ्नै स्रोतबाट तलब सुविधा दिने गरी एक जना नर्स नियुक्त गरेको छ ।
यसका साथै लुम्बिनी प्रदेश सरकारले अघिल्लो वर्षदेखि एक जना अनमी उपलब्ध गराएको छ । विद्यालयको हेल्थ डेस्कमा उनीहरुले सेवा दिइरहेका छन् ।उनीहरुले विद्यार्थीको नियमित सामान्य चेकजाँचका साथै विभिन्न स्वास्थ्य तथा सचेतनामूलक कार्य गर्दछन् ।
पोषणयुक्त खानेकुराको महत्व बुझाउँदै विद्यार्थीलाई त्यस्ता खानाको प्रयोगमा जोड दिने काममा नर्सलाई जिम्मेवारी दिइने भएको छ ।विद्यालयमा स्वास्थ्य उपचारका लागि आवश्यक सम्पूर्ण उपकरण र औषधि पनि विद्यालय स्वयमले खरिद गर्ने गर्दछ ।