काठमाडौं । जिन्कोमिन डिटी नामक औषभि न्यून गुणस्तरको भेटिएपछि औषधि व्यवस्था विभागले उक्त औषधि फिर्ता गर्नका लागि निर्देशन दिएको छ ।
बजारमा अनुगमनका क्रममा उक्त औषधि न्यून गुणस्तरको भेटिएपछि बजारमा रहेका उक्त औषधि फिर्ता गर्ने, बिक्री वितरण नगर्ने र सोको जानकारी विभागमा गराउन पनि निर्देशन दिइएको विभागले आज जारी गरेको सूचनामा उल्लेख छ।