काठमाडौं । सत्याग्राही डा गोविन्द केसीले भदौं २७ गतेदेखि २० औ सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । केसीले आइतबार (आज) दिउँसो २ बजे शिल्पी थिएटर, बत्तीसपुतलीमा पत्रकार सम्मेलनमार्फत् उक्त घोषणा गरेका हुन् ।
स्वास्थ्य र मेडिकल शिक्षाको सुधारका लागि डा केसीले ६ बुँदे माग अघि सारेका थिए। स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बस्नेहरुके स्वार्थको द्धन्द्ध रोक्न तत्काल कानूनी व्यवस्था गनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्नुपर्ने लगायतका माग डा. केसीको छ ।


