काठमाडौं । स्वच्छ र स्वस्थ महिनावारी तपाई हाम्रो रखबरी विषयक एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । ललितपुर नगरपालिकाका महिला जनप्रतिनिधीहरुसँग उक्त एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
एक्सपोज नेपालको आयोजना सम्पन्न भएको कार्यक्रममा महिनावारीको समयमा स्वदेशी प्याडको प्रयोगलाई बढावा दिनका लागि उक्त संस्थाका प्रमुख ज्ञान महर्जनले जोड दिएका थिए । कार्यक्रममा ललितपुर महानगरका २९ वटै वडाका जनप्रतिनिधीहरु सहभागी दिए ।
विगत लामो समयदेखि महिला स्वास्थ्य तथा सशक्तिकरणमा ठूलो भूमिका रही आएको सेनेटरी प्याड महिलाका लागि अति आवश्यक भएको कुरा जनमानसमा सर्वविदितै भएको जनप्रतिनिधीहरुले राय राखेका थिए ।
नेपाली बजारमा अत्याधिक माग रहेका सेनेटरी प्याड र बेबी डायपर जस्ता अति आवश्यक वस्तुको तयारी र कच्चा पर्दाथको भन्सार शुल्क उच्च हुदाँ उधोगीहरु समस्यामा परेका हुन् ।