हेटौंडा । बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा असहजता महसुस भएपश्चात् परीक्षणका क्रममा मन्त्री लामालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
उनले डेङ्गु नेगेटिभ आएको तर कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन्। मन्त्री लामाको स्वास्थ्य अवस्था सामान्य रहेको र काठमाडौंस्थित घरमा आइसोलेसनमा रहेको उनको सचिवालयले जनाएको छ।
मन्त्री लामाले अहिले डेंगी र कोरोना संक्रमणको जोखिम बढेकाले सतर्क रहन अनुरोध गरेका छन् । स्वास्थ्यमा केही सुधार आउनसाथ नियमित जिम्मेवरीमा फर्किने जानकारी दिएका छन्।मन्त्री लामा शुक्रबार र शनिबारको कार्यक्रममा सहभागी हुन बिहीबार हेटौंडाबाट काठमाडौं गएका थिए।