काठमाडौं । आगामी निर्वाचनका लागि नेपाली काग्रेस मोरङले ३ नं क्षेत्रबाट मेडिकल कलेज व्यवसायी डा. सुनिल शर्मालाई पुनः उम्मेदवार बन्ने भएका छन् ।
मंगलबार बसेको बैठकले नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर र काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्माको एकल नाम सिफारिस गरेको हो । बैठकले समानुपातिक तर्फ भने तीन जनाको नाम सिफारिस गरेको छ ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनका साझा उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएतापनि डा. शर्माले पछिल्लो समय सो क्षेत्रमा कांग्रेसलाई संगठित र बलियो बनाउन योगदान दिएको भन्दै उनलाई उम्मेदवार सिफारिस गरिएको हो ।