काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको मुलपानी नगर अस्पतालमा विभिन्न पदमा कर्मचारी माग गरिएको छ । अस्पतालका लागि चिकित्सक, स्वास्थ्यकर्मी माग गरिएको नगरपालिकाले जनाएको छ।
उक्त अस्पतालका लागि मेडिकल अधिकृत ३, डेन्टल सर्जन १, हेल्थ असिस्टेन्ट २, स्टाफ नर्स २, ल्याब टेक्निसियन २ जना माग गरिएको छ।
त्यसैगरी डेन्टल हाइजेनिस्ट १, फार्मेसी सहायक २, रेडियोग्राफर २ र ल्याब असिस्टेन्ट २ जना माग गरिएको छ।