काठमाडौं । निर्देशक र लेखा प्रमुखलगायतको राजीनामा माग गर्दै कान्ति बाल अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।कान्ति बाल अस्पताल विकास समिति कर्मचारी संघर्ष समिति आफ्ना २४ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएको हो।
कर्मचारीहरुले अस्पताल विकास समिति तथा सन्चालक समिति गठन गर्नुपर्ने, अनियमितता र भ्रष्टाचारको छानबिन गर्नुपर्ने, अस्पताललाई भर्ति केन्द्र बनाउन नहुने, कर्मचारीको करार नवीकरण गर्नुपर्ने, स्तरवृद्धि र तहमिलान तत्काल गर्नुपर्नेलगायतका माग अघि सारेका छन्।