काठमाडौं । काठमाडौं चाबहिलमा मुख्य कार्यालय रहेको मेधावी सेभिङ्ग एण्ड क्रेडिट को- अपरेटिभको ८औं वार्षिक साधारण सभा असोज ८ गते हुने भएको छ ।
संस्थाले सूचना प्रकाशन गरि भदौ ०१ गते बुधबारको दिन बसेको संचालक समितिको बैठकले संस्थाको ८ औं बार्षिक साधारण सभा A-One Cafe & Party Palace चाबहिल काठमाण्डौंमा बिहान ८ बजे देखि गर्ने निर्णय गरेको जनाएको छ ।
सभामा संचालक समितिको तर्फबाट आ.ब. २०७८/०७९ को वार्षिक प्रतिवेदन तथा गतिविधि माथि छलफल गर्ने त्यसैगरी सोही आवको लेखापरीक्षण प्रतिवेदन माथि छलफल गरी पारित गर्ने जनाएको छ ।
त्यसैगरी संस्थाको सभामा चालू आ.ब. २०७९/०८० को नीति, कार्यक्रम, बजेट माथि छलफल गरी पारित गर्ने, कार्यक्षेत्र बिस्तार गर्ने, सदस्य सेवा केन्द्र थप गर्ने विषयमा छलफल गरिने जनाइएको छ सभामा त्यसैगरी सेयर सदस्यहरुलाई लाभांश वितरण गर्ने, कर्मचारी बोनस वितरण गर्ने , सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गरि प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने, लगायतका विषयमा छलफल हुने संस्थाले जनाएको छ ।