काठमाडौं । मुलुककै जेठो वीर अस्पतालमा १४ वर्षपछि मुटुको शल्यक्रिया सुरु भएको छ । दोलखा जिल्ला स्थायी ठेगाना भएकी युवतीको मुटुको शल्यक्रिया गरी उक्त सेवा अस्पतालले पुन सुरु गरेको हो ।
दुई साताअघि सामान्य जाँचका लागि वीर अस्पताल आएकी ती युवतीको सर्जन डा. किरण श्रेष्ठको नेतृत्वमा जन्मजात रुपमा मुटुमा रहेको प्वालको सफल शल्यत्रिया गरिएको हो।