काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२० जनाको परीक्षणमा २७१ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १९४ पुगेको छ। पछिल्लो २४ घण्टामा १७५ जना संक्रमणमुक्त भएका छन्।