काठमाडौं । भक्तपुरको मध्यपुर ठिमीका रहेको नागरिक कम्युनिटी टिचिङ अस्पतालमा पहिलो पटक आर्थरोस्कोपिक शल्यक्रिया सम्पन्न गरिएको छ । अस्पतालले भदौ महिनादेखि आर्थरोस्कोपिक सेवा सञ्चालन गरेको हो ।
विगतदेखी नै ट्रमा शल्यक्रिया गर्दै आएको यस अस्पतालले आर्थरोस्कोपिक शल्यक्रिया भने पहिलोपटक गरेको हो ।
अस्पतालका कार्यकारी मेडिकल निर्देशक डा.अशोक कुमार राईका अनुसार ४३ वषीय महिलाको घुँडाको जोर्नीको सफल शल्यक्रिया गरिएको हो । शल्यक्रिया गत शनिबार डा.अमिन कुमार श्रेष्ठ र डा.अशोक कुमार राईको नेतृत्वमा भएको थियो ।