काठमाडौं भदौ १६ गते । राष्ट्रियसभा बैठकमा शून्य समयमा भाग लिनुहुँदै सांसद सांसद नारायणदत्त मिश्रले डेङ्गुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो साथै उहाँलेअघोषित रुपमा लोडसेडिङ हुन थालेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
यसैगरी सांसद सुरेशकुमार आले मगरले काठमाडौंमा डेङ्गुको प्रकोप फैलिएको भन्दै यसलाई गम्भीर रुपमा लिएर रोकथामको लागि पर्याप्त तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।