काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५५७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३ हजार नाघेको छ ।
त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार २ पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १५ जना संक्रमितहरु निको भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८२ हजार ३६६ पुगेका छन् ।