काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।
काठमाडौंमा रहेका सरकारी अस्पतालहरूको सरसफाइ र सेवासम्बन्धी मन्त्री खापुङ र मेयर शाहबीच भेटवार्ता भएको हो। करिब एक घण्टा लामो छलफलमा मेयर शाहले सरकारी अस्पतालमा स्वास्थ्य सेवा सर्वसुलभ नभएको, सरसफाइको कमी भएको गुनासो आएको बताए। यही विषयमा स्वास्थ्य मन्त्री खापुङसँग भेट गर्न मेयर शाह मन्त्रालय पुगेका थिए ।
‘मेयर शाहलाई जनताले सरकारी अस्पतालहरूमा सेवा सर्वसुलभ भएन। सरसफाइ भएन र व्यवहार पनि राम्रो भएन भन्ने गुनासो आएको भनेका थिए ।