काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ६९ परीक्षण हुँदा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ९८ जना संक्रमितहरु निको भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८२ हजार ३६६ पुगेका छन् ।