काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ परीक्षण हुँदा २०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ३९ जना संक्रमितहरु निको भएका छन् ।