काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०५८ जनाको परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४४४ पुगेको छ। पछिल्लो २४ घण्टामा २०६ जना संक्रमणमुक्त भएका छन्।