काठमाडौ । इन्द्र अन्नपूर्ण फाउन्डेसनले गोरखाका दुई बिद्यार्थीलाई छात्रवृति दिएको छ ।
इन्द्र अन्नपूर्ण फाउन्डेसन डा सुभाष घिमिरेका बुबा स्वर्गीय इन्द्रप्रसाद घिमिरे र आमा अन्नपूर्ण घिमिरेको नाममा स्थापना भएको हो।
उक्त फाउन्डेसनले गोरखाको सहिद लखन गाउँपालिकामा रहेको श्री हिमालयन माध्यामिक बिद्यालयबाट एस।ई उतीर्ण बिद्यार्थीहरुलाई छात्रवृति दिने भएको हो । उक्त छात्रवृति सुजित श्रेष्ठ र रसीजा श्रेष्ठलाई प्रदान गर्न लागिएको फाउन्डेसनका अध्यक्ष डा. सुभाष घिमिरेले बताए।
उनीहरुले उच्च शिक्षा अध्ययनका लागि काठमाडौंको हाँडीगाउँमा रहेको सान इन्टरनेशनल कलेज रोजेका छन् । एक कार्यक्रमका बीच छात्रवृति प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष डा. घिमिरेले फाउन्डेसनले शिक्षा स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताए । कार्यक्रममा बोल्दै समाजसेवी डा. अस्बिन श्रेष्ठले फाउन्डेसनको उक्त कार्य प्रशंसायोग्य भएको बताउँदै यसले बिद्यार्थीहरुलाई सेवा दिएको धारणा राखेका थिए।
कार्यक्रममा सान इन्टरनेशनलका कार्यकारी निर्देशक गोपाल भण्डारीले छात्रवृति प्रदान गर्नमा सहकार्य गर्ने बताए।