काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.करण शाहलाई जिल्ला अदालत जुम्लाले पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत्त उनलाई बाल हिंसाको आरोप लागेको हो ।
जुम्लाको चन्दननाथ नगरपालिकाका ६ वर्षिय पृथकविक्रम शाहीको उपचारमा भेदभाव गरेको भन्दै बालककी आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा जाहेरी दिएकी थिइन् ।
जिल्ला अदालतका श्रेस्तेदार सरोजराज रेग्मीका अनुसार बाल हिंसाको आरोपमा प्रहरीमा डा साहविरुद्धमा जाहेरी परेको कारण अनुसन्धानका लागि उनलाई पक्राउ पुर्जी जारी गरिएको हो ।