काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.करण शाहलाई झुटा मुद्दा लगाएर जिल्ला अदालत जुम्लाले पक्राउ पुर्जी जारी गरेको भन्दै कर्णाली प्रतिष्ठानका चिकित्सक आन्दोलित भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाले मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत्त उनलाई बाल हिंसाको आरोप लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको थियो ।