काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५९० जनाको परीक्षणमा ३०० जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४५७ पुगेको छ। पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त भएका छन्।