काठमाडौं । नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहमाथि झुटा मुद्दा लगाइ जारी गरिएको पक्राउ पुजी खारेज गर्न माग गरेको छ।
संघको आज पत्रकार सम्मेलन गर्दै डा करण साहको पक्राउ पुर्जी खारेज गरी दोषिमाथि कडा भन्दा कडा कारबाही गर्न माग गरेको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत्त उनलाई बाल हिंसाको आरोप लागेको हो ।
जुम्लाको चन्दननाथ नगरपालिकाका ६ वर्षिय पृथकविक्रम शाहीको उपचारमा भेदभाव गरेको भन्दै बालककी आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा जाहेरी दिएकी थिइन् ।
जिल्ला अदालतका श्रेस्तेदार सरोजराज रेग्मीका अनुसार बाल हिंसाको आरोपमा प्रहरीमा डा साहविरुद्धमा जाहेरी परेको कारण अनुसन्धानका लागि उनलाई पक्राउ पुर्जी जारी गरिएको हो ।