काठमाडौं । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले मन्त्रालय अन्तर्गत एघारौं तहका ८ जनाको सरुवा गर्ने निर्णय गरेका छन् ।
मन्त्री खापुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रसूति गृह अस्पतालको निर्देशकको जिम्मेवारी डा पवनजंग रायमाझी,भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्दु बगाले,उपचारात्मक महाशाखाको निर्देशकमा डा.अनुप बास्तोला,सार्क क्षयरोग केन्द्रको निर्देशकमा यशोदा अर्याल,राष्ट्रिय सूचना तथा सञ्चार केन्द्रमा विजयकुमार झाको सरुवा गरेका हुन् ।