काठमाडौं । वीर अस्पतालले करारमा कर्मचारी माग गरेको छ । पछिल्लो समय डेंगी र कोभिडका बिरामी बढ्न थालेपछि अस्पतालले करारमा ४० जना नर्स माग गरेको हो ।
अस्पतालले नयाँ भवन निर्माण भएसँगै कर्मचारीको आवश्यकता परेको पनि जनाएको छ । लोक सेवा आयोगद्वारा नर्सहरुको पदपूर्ति भएपछि करारका नर्सहरु हट्ने अस्पतालले जनाएको छ ।