काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रिया अगाडि नबढाउन अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत तुलसीपुरले गत साउन २५ गते अदालतले दिएको अल्पकालीन आदेशलाई निरन्तरता दिदैं अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन आदेश दिएको थियो। उच्च अदालत बुटवल इजलासका न्यायाधीशद्वय कृष्णबहादुर थापा र रमेशराज पोखरेलको इजलासले बोलपत्रको मापदण्डमा समेत फरक पर्ने गरी पटकपटक बोलपत्र संशोधन गरेको देखिएको र यसबारे सार्वजनिक खरिद अनुगमन कार्यालयबाट समेत प्राधिकरणलाई दुई पटक पत्र पठाएर ध्यानाकर्षण गराएको भन्दै सुविधा र सन्तुलनको दृष्टिबाट अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश सुनाएको हो ।