काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनाको परीक्षणमा २३० जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ५०५ पुगेको छ। पछिल्लो २४ घण्टामा ७८ जना संक्रमणमुक्त भएका छन्।