काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामुहिक रुपमा राजीनाको घोषणा गरेका छन् ।
उपकूलपति समक्ष राजीनामाको पत्र लेख्दै उनीहरुले काम गर्नका लागि शान्ति सुरक्षाको वातावरण नभएकोले राजीनामा दिन बाध्य भएको बताएका छन् ।
गत भदौं २ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत्त डा.राजन शाहलाई त्यही प्रशासनमा काम गर्दै आइरहेका कर्मचारीले कुटपिट गरेका थिए ।
शान्तिपुर्ण तरिकाले आन्दोलन गर्दा आफ्ना माग सम्बोधन नभएपछि सामूहिक राजीनामा दिनुपरेको चिकित्सकहरुले बताएका छन्। उनीहरुले डा साहमाथि जारी पक्राउ पुर्जी खारेज गर्नुपर्ने माग राखेका छन् ।