काठमाडौं । सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतले फराकिलो अग्रता पारेका छन्। उनले पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई एघार हजार भन्दा बढी मतले पछि पारेका छन्।
हालसम्म बस्नेतले २७ हजार २२३ मत पाएका छन् भने, तामाङले १६ हजार १७ प्राप्त गरेका छन्।त्यस्तै, १ हजार ७४५ मत सहित राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङ तेस्रो नम्बरमा छिन्।