काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा। सेनेन्द्रराज उप्रेतीको राजीनामा मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको छ । उनले गत माघ २४ गते पूर्व स्वास्थ्यमन्त्री पदम गिरी समक्ष राजीनामा दिएका थिए।
उप्रेतीलाई सरकारले २०७७ साउन २० गते स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । उनले बिमा बोर्डमा रहेका आन्तरिक समस्याका कारण राजीनामा दिएको बताउँदै आएका छन् ।