काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ सय ७२ नमुना परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
विगत २४ घन्टामा ५ जना कोरोना संक्रमित निको भएका छन् भने सक्रिय संक्रमितको संख्या १४ रहेको छ ।